रुकुममै बस्ने, रुकुममै कमाउने’ अवधारणासहित सन्दिप पुनले सार्वजनिक गरे कार्ययोजना पत्र

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका सन्दीप पुनले 'समृद्ध रुकुम पूर्वको साझा संकल्प' शीर्षकसहित आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् । 'शब्द होइन, व्यवहार बदलौं; रुकुम पूर्व समृद्ध बनाऔं' भन्ने मूल नारासहित सार्वजनिक गरिएको कार्ययोजनामा न्याय, विकास, आत्मनिर्भरता र जनउत्तरदायी शासनलाई केन्द्रमा राखिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवार बनेका पुनले आफू शहीदको सन्तान भएको उल्लेख गर्दै, शहीदको विरासतलाई भावनामा होइन व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त ग...