सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्नु रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित हुनेहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विप...