अमेरिकामा एक नेपालीले गरे आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरी इन्काउन्टरमा उनको पनि मृत्यु

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपालीले श्रीमती र छोरीको हत्या गरेका छन् । ५० वर्षीय छत्रबहादुर थापाले सोमबार बिहान धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका हुन् । अमेरिकाबाट सञ्चालित नेपाली भाषाको सञ्चार माध्यम खसोखासका अनुसार घटनाको समयमा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए । भित्र झगडा भएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारेका थिए । उनी...