भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गर्नुभएको छ । हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गर्नुभएको समाचार संस्था अलजजीराले जनाएको छ । गिलले निकोलस मादुरोको अपहरणलाई ‘राजनीतिक अपरेशन’ का रूपमा वर्णन गर्दै भेनेजुएलाले आफ्नो मामिला आफैँ समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले मानव अधिकारलाई युद्धको बहानाका रूपमा...