काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ । कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । हिजो...