राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वउपसभामुख इन्दिरा राना मगरलाई जिताउन आह्वान गरेका छन् । आज झापा–३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार इन्दिरा रानामगरको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताए । ‘म त्यस्तो मान्छेसँग उभिएको छु, जसका आफ्ना सन्तान छैनन् तर यो देशका सयौँ–हजारौँ बालबालिकाले उनलाई आफ्नो आमा मान्छन् । जेल परेका बाबुआमाका छोराछोरीलाई उच्च शिक्षा दिलाएर उज्वल भविष्य बनाइदिने आमा हुन् इन्दिरा राना,&r...