सार्वजनिक सेवा सुधार : आकर्षक नारा कि दैनिक जीवनसँग जोडिएको नागरिक अधिकार ? (भिडियाे)

चुनाव नजिकिँदा देशैभरि विकासको बाढी आउँछ । भाषणमा पुल बनिसक्छ, सडक कालोपत्र भइसक्छ, रेल कुदिसक्छ, पानीजहाज समुद्र खोज्दै हिँडिसक्छ । सार्वजनिक सेवालाई छिटो, छरितो, पारदर्शी बनाउने वाचा त झन् अनिवार्य मन्त्र जस्तै भएको छ ।