काठमाण्डौ – सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रुपमा सुदृढ बनाइएको जानकारी दिनुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै सरकारका सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख ‘म्यान्डेट’ नै समयमै चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई संवैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्नु रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले प्रक्रियागत सबै काम सम्पन्न गरिसकेको र ...