चुनावमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाण्डौ – चुनावमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकाल्दै चुनाबलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गर्नुभएको छ । साथै शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न/नगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ । चुनाव नजिकिँदै ...