अमेरिकाको पूर्वी तटमा तीन फिटसम्म हिउँ जम्यो, ६ लाख बढी घरमा बिजुली आपूर्ति अवरुद्ध [तस्वीरहरू]

अमेरिकाको पूर्वी तटमा ठूलो आँधी र रेकर्ड तोड्ने हिमपातले लाखौं मानिसहरूलाई असर गरेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउँ परेको छ, जबकि न्यूयोर्क शहरको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको बीबीसीले जनाएको छ ।  न्यूयोर्कमा यात्रा लगभग असम्भव छ । पूर्वी तटमा रहेका ६ लाखभन्दा बढी घर र व्यवसायमा बिजुली आपूर्ति अवरुद्ध भएको छ, जसमा न्यू जर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ ।  उडान ट्र्याकिङ वेबसाइट फ्लाइट...