राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क लागू भएको छ । गएको शुक्रवार अमेरिकी सर्वोच्च अदालतले यसअघिको ठूलो दरको आयात शूल्कलाई अवैध ठहर गर्दै रोक लगाएपछि ट्रम्पले केही घण्टामै नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नयाँ १० प्रतिशत शुल्क लागू गर्नुभएको थियो । ह्वाइट हाउसले सन् १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत १५० दिनसम्म कंग्रेसको स्वीकृतिबिना शुल्क लगाउन सकिने व्यवस्था प्रयोग गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले आवश्यकता परे १५ प्रतिशतसम्म भन्सार कर बढ...