नेप्से परिसूचकमा २१ अंकले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अंकले बढेर दुई हजार ६३८ दशमलव ६० को विन्दुमा कायम भएको छ । मंगगलबार ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा  चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहका उपसूचक बढेका छन् । बैंकिङ शून्य दशमलव ३०, विकास बैंक एक दशमलव ११, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन दुइ दशमलव ०२, जलविद्युत् एक दशमलव २७ र लगानी समूह शून्य दशमलव ६१ प्रतिशतले बढेका छन् ।  जीवन बीमा समूह शून्य दश...