चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले जेन–जी परिषद् गठन गर्ने भएको छ । मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । नवयुवा आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्ब...