राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले मंगलबार पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छाडेका थिए । उनले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका थिए । 'पार्टीमा समर्पित कार्यकर्ताहरूल...