काठमाण्डौ – नेकपा (एमाले)ले देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताउनुभयो । निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उहाँले सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाउनुभयो । समाजमा अनेक बहानामा चुनाव सार्ने...