काठमाण्डौ – आज काठमाण्डौ उपत्यकाकालगायत गण्डकी, लुम्बिनी, कर्णाली लगायतका प्रदेशका केही ठाउँमा पानी परेको छ । पश्चिमी न्यूनचापीय रेखाको प्रभावले काठमाण्डौ, नुवाकोट, लमजुङ, म्याग्दी, पर्वत, कास्की, बागलुङ, रोल्पा, सल्यान, प्युठानलगायतको ठाउँमा हल्लादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै संखुवासभाको नुममा ३४.६ मिलिमिटर वर्षा मापन भएको छ । रोल्पाको रुलवाङमा २०.८ मिलिमिटर, पर्वतको कुश्मामा २० मिलिमिटर वर्षा मापन भएको छ । ताप्लेजुङमा १७.४ मिलिमिटर, गोरखाको ताकुकोट...