काठमाडौं उपत्यकामा हल्का वर्षा [तस्वीरहरू]

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । मंगलबार बेलुकापख काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा हल्का वर्षा भएको हो । पश्चिमी न्यूनचापीय रेखाको प्रभावले उपत्यकालगायत विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हल्का वर्षा भएसँगै  काठमाडौं उपत्यकामा चिसो बढेको  छ।