साम्बाको उपचारमा एक लाख सहयोग गर्ने मध्यनेपालका मेयरको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा कीर्तिमानी स्ट्राइक सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि लमजुङको मध्यनेपाल नगरपालिकाले एक लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।  साम्बाको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भनेर नगरपालिकाको तर्फबाट १ लाख र व्यक्तिगत रूपमा १० हजार रूपैयाँ सहयोग उपलब्ध गराउने मेयर रमेश कुमार पाण्डेले जानकारी दिए । न्युजिल्यान्डमा फुटबल खेल्ने क्रममा घाइते भएकी साम्बाले घाइते भएको ७ हप्तासम्म पनि उपचारका लागि सहयोग नपाएको भन्दै सामाजिक सञ्जालमा उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अ...