इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । इरान चीनमा निर्मित सिएम ३०२ क्षेप्यास्त्र खरिदबारे सहमति नजिक पुगेको समाचारसंस्था रोयटर्सले जनाएको छ । झन्डै २ सय ९० किलोमिटर पर निसाना लगाउन सक्ने क्षमता भएको यो सुपरसोनिक क्षेप्यास्त्र समुद्री जहाजको प्रतिरक्षा प्रणालीमा छल्न सक्ने क्षमता छ । हतियार विज्ञका अनुसार यी क्षेप्यास्त्र तैनाथ भए इरानको समुद्री आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ र क्षेत्रीय रूपमा तैनाथ अमेरिकी नौसैनिक शक्तिका लागि ठूलो चुनौती बन्न सक्ने छ । यो क्षेप्य...