इतिहास लेख्न ज्ञानेन्द्रलाई कांग्रेस-एमालेको भर, कमजोर छैनन् तारा र रुख

बिहानको ८ बजे । जुम्ला सदरमुकाम खलंगा । साँझ बन्द गरिएका सटरहरू खुल्न थालेका छन् । मन्द घामको किरणमा यहाँका मानिस चिया चौतारीमा जम्न थालिसकेका छन् । बजारका हरेकजसो घरमा नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न रुख अंकित तुल, ब्यानर टाँगेको देखियो । आइतबार बिहान लोकान्तर टीम चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा रहेको कृष्ण मन्दिर परिसर पुग्दा मानिसहरू चुनावी गफगाफ गरिरहेका थिए । मन्दिर परिसर पुग्दा समेत माहोल उस्तै देखेपछि हामीले नजिकै भेटिएका एक मतदातालाई सोध्यौं- ‘यति धेरै झण्डा र प्रचार सामाग्री  रहे...