हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटवाल र एक ‘बिचौलिया’ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट गएको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो । सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा पुगेको आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले...