लोकगायक तथा सञ्चारकर्मी कमल बीके निर्मोहीको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बीकेको मंगलबार नेपालगञ्जस्थित निवासमा निधन भएको हो । उनका दुवै मिर्गौलामा समस्या थियो । शनिबार एक्कासि बेहोस भएपछि उनलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई आईसीयूमा राखिएको थियो । अस्पतालबाट मंगलबार निवास ल्याइएकोमा मंगलबार साँझ निधन भएको सञ्चारकर्मी नमस्कार शाहले जानकारी दिएका छन् । बीके तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा समर्पित थिए । उनले रेडियो ...