निर्वाचन आयोगको आग्रह- चुनाव प्रचारप्रसारमा अवरोध नगर्नू

निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक, उम्मेदवारऽ दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रस्ट पारेको छ ।  यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो । चुनावी प्रचारप्रसारलाई निर्वाचन आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले मंगलबार प्रकाशित गरेका विज्ञप्तिमा उल्लेख छ । &nbs...