चीन सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका निम्ति नेपाललाई ४० लाख अमेरिकी डलर नगद अनुदान दिने भएको छ। तर, उक्त सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसमा समेटिएका केही सर्तहरूलाई लिएर बहस सुरु भएको छ। चीनले निर्वाचनका लागि दिन लागेको यो सहायता केवल आर्थिक सहयोग मात्र नभई नेपालको आन्तरिक प्रशासनिक पाटोमा प्रत्यक्ष निगरानी राख्ने खालको देखिएको एक परराष्ट्रविद्ले टिप्पणी गरे । नाम उल्लेख गर्न नचाहेका ती परराष्ट्रविद्ले भने, 'कोषको प्रत्येक निकासका लागिअर्थ मन्त्रालयले कूटनीतिक माध्यममार्फत नेप...