मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किएका छन् । अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’ को सम्बन्धमा जवाफ दिएको पुष्टि गरेको छ। खानतलासी पूरा भएपछि प्रधानमन्त्री निवासमा फर्किए। “प्रधानमन्त्रीको निवासमा ‘कथित सुरक्षा’ चेतावनीपछि सुरक्षा सुनिश्चितताका लागि गहन खोजी गरिएको थियो तर त्यहाँ कुनै पनि शङ्कास्पद कुरा फेला परेन,” सङ्घीय प्रहरीले...