सर्वोच्चको आदेशमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल रिहा

 सर्वोच्च अदालतको आदेशपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल रिहा भएका छन् । न्यायाधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै मंगलबार कट्टेललाई सर्वोच्च अदालतका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोईरालाको रोहबरमा निजका छोरा रुपेश कट्टेलको जिम्मा लगाइएको छ । बन्दीप्रत्यक्षीकरणको मुद्दामा अदालतले रिहा गर्न आदेश दिएपछि सामान्यतया अदालतका कर्मचारीकै रोहबरमा बन्दीलाई जिम्मा लगाउने परम्परा र कानूनी व्यवस्था रहेको छ ...