१२ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीको अपराजित यात्रामा ब्रेक लागेको छ । लिगअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले आर्मीलाई २-१ ले पराजित गरेको हो । चर्च ब्वाइजका लागि अबायोमी फाकुनले र रोहन कार्कीले एक-एक गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल गरे । […]