चट्याङ लागेर गोरखामा बालिकाको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर गोरखाको बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर शहीद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३...