इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा : पाकिस्तान २ विकेटले पराजित

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ । श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । इङ्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिए । त्यसअघि टस जितेर पहि...