काठमाण्डौ – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । बालुवाटारमा हिजो भएको छलफल उच्च हिमाली क्षेत्रको सम्भावित मौसम अवस्था, होली पर्व तथा अन्य सुरक्षा अवस्थाबारे केन्द्रित थियो । प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिनुभएको छ । सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने सम्भावित व्यक्ति र समूहको निगरानी गर्न निर्देशन पनि दिनुभएक...