ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, त्यहाँ १८ जनाको ज्यान गएको पुष्टी भएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । रातको समयमा धेरै घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेका खबरमा उल्लेख छ । ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रत...