टी-२० विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा, पाकिस्तानको आगामी यात्रा कठिन

इङ्ल्यान्डले आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । टोलीले मंगलबार राति पाकिस्तानमाथि २ विकेटको जीत दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । जारी संस्करणको सेमिफाइनलमा पुग्ने इङ्ल्यान्ड पहिलो टोली हो । विश्वकप इतिहासमा, इङ्ल्यान्ड टोली लगातार सबैभन्दा धेरै पटक, पाँच पटक सेमिफाइनलमा पुगेको हो । टोली २०१६ देखि २०२६ सम्म पाँच पटक सेमिफाइनलमा पुगेको छ। यसअघि पाकिस्तान र श्रीलंका चार-चार पटक सेमिफाइनलमा पुगेका थिए, तर अहिले इङ्ल्यान्ड चार्टमा अग्रस्थानमा छ। महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकल...