कोशी प्रदेशको चुनावी गणित : तराई–पहाड सन्तुलन, बसाइँसराइ र पहिचानको प्रभाव

झापा ५ मा केपी शर्मा ओली र बालेन शाहको उम्मेदवारीसँगै कोशी प्रदेश देशकै सबैभन्दा चासोको चुनावी भूगोल बनेको छ । १४ जिल्ला, २८ प्रतिनिधिसभा क्षेत्र र ३५ लाखभन्दा धेरै  मतदाता रहेको यस प्रदेशको विशेषता यसको विशिष्ठ भूगोल र मिस्रित जनसंख्या हो । पूर्वी देशको सबैभन्दा होचो केचनाकवलदेखि संसारकै अग्लो सगरमाथा शिखरसम्म फैलिएको कोशी प्रदेशको अर्को विशेषता जातीय र जनजातीय विविधता सहितको जनसंख्या हो ।  प्रदेशको तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उच्च जनघनत्व, उद्योग–व्यापार र बसाइँसराइको प्रभाव बढी छ । पहा...