नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले प्रदान गरेको ५ कठ्ठा जग्गामा झापाको मेचिनगरमा 'तपस्या धाम' निर्माण भएको छ । आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा शर्मा दाजुभाइले दिएको करिब ३ करोड मूल्य पर्ने जग्गामा १० करोड बढी लगानी गरेर ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलाबारीले तपस्याधाम निर्माण गरेको हो । वर्षौंअघि मातापिता गुमाएका दाजुभाइले उनीहरूको स्मृतिमा प्रदान गरेको जग्गामा निर्माण भएको तपस्याधाम पुर्वी नेपालकै एक महत्त्वपूर्ण अध्यात्मिक पर्यटन केन्द्र बन्ने मेचिनगरका नगर प्रमुख गोपाल...