भक्तपुरमा होली पर्व सुरु

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिरअगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग प्रतीक झुण्ड्याएर चिर स्वायगू अर्थात् चिरोथानसँगै होली पर्व सुरु भएको छ। फागुन शुक्ल अष्टमीको साँझ कमलपोखरीमा काठको लिङ्ग पखालेर नगर परिक्रमा गराई मन्दिर परिसरमा प्रदर्शनमा राख्ने परम्परा छ। तीन हात लामो काठको लिङ्ग इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी र च्यामासिंह हुँदै दत्तात्रय क्षेत्रका घर–पसलमा घुमाइन्छ। यसरी पूजा–दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति हुने जनविश्वास छ। लिङ्ग बोकेर पखाल्नेलाई पुत्रलाभ हुने विश्वाससमेत रहिआएको...