सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

जग्गा कटानको उच्च जोखिममा रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण सुरु गरिएको छ। चालु आर्थिक वर्षको रु ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो। पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ। ठेक्का प्रक्रियामार्फत न्यू बम्बादेवी प्रालिलाई निर्माणको जिम्मा दिइएको छ। वडा नं १ र १२ मा १२५–१२५ मिटर तथा वडा नं ५ र ६ मा ८०–८० मिटर तटबन्ध बनाइँदैछ। एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तटबन्ध बनेप...