ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र भएपछि...

ट्रयाक खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन्। बागलुङ जिल्ला सदरमुकामसँग जोडिएका मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएका हुन्। सडक कालोपत्र भएसँगै यात्रा र सामान ढुवानी सहज भएको छ। सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीको २.५ किलोमिटर र गणेशघुम्ती–निरयघाटको १.५ किलोमिटर गरी कुल १२.२ किलोमिटर सडक कालोपत्र गरिएको छ। विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्...