‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले तीन दिन बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै...