काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा धेरै माथि रहेको जनाएको छ । चालू आर्थिक वर्षका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति झन्डै पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएकोमा पहिलो ६ महिनामा औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशतमा सीमित रहेको छ । यस्तै, कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय ...