मौसममा हिजोभन्दा आज केही सुधार : थोरै ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – मौसममा हिजोभन्दा आज केही सुधार भएको छ । तर आज पनि केही ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना छ । विशेषगरी कोशी, बाग्मती र गण्डकीका पहाडी र हिमाली क्षेत्रको एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ । आज तराइ क्षेत्रमा बिहानको समयमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा ...