रसुवामा कांग्रेसका मोहन आचार्यको पक्षमा माहोल, पछि–पछि एमाले र रास्वपा

रसुवाबाट २०७४ मा तत्कालीन वाम गठबन्धनलाई पराजित गरेर प्रतिनिधिसभामा पुगेका नेपाली कांग्रेसका मोहन आचार्य यसपटकको चुनावी प्रतिस्पर्धामा पनि अगाडि रहेको पाइएको छ । बागमती प्रदेशको हिमाली जिल्ला रसुवामा नयाँ दलका रूपमा घण्टीको हावासमेत चल्न थाले पनि आचार्य चुनावी जीतको ह्याट्रिक गर्नेगरी अगाडि रहेको पाइएको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट यसपटक कांग्रेसका आचार्यका अलवा नेकपा एमालेका प्रेमबहादुर तामाङ, नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट, राप्रपाका हरिप्रसाद घिमि...