धादिङमा चट्याङले लागेर गोरखाकी एक बालिकाको ज्यान गयो : दुई जना घाइते

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटारमा चट्याङले लागेर गोरखा बुंकोटकी एक बालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो दिउँसो परेको चट्याङले लागेर शहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्तीमगरको ज्यान गएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । साथै चट्याङ लागेर त्यही ठाउँका १३ वर्षीया दीक्षा घर्तीमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते हुनुभएको छ । घाइते दीक्षा र वीरेन्द्रलाई थप निगरानी र विशेष उपचारका लागि काठमा...