चुनावी प्रचारप्रसारमा फरक दल वा उम्मेदवारलाई अवरोध गरे २ लाख बराबरको जरिवाना

काठमाण्डौ – फरक राजनीतिक दल वा उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँ बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले वि...