अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य शक्ति बढाउँदै गएको छ । सन् २०१९ पछि सुडानमा संक्रमणकालिन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी सेना र आरएसएफबीच ठूलो संघर्ष शुरू भएको हो । यसले पुरै देशमा गृहयुद्ध निम्त्याएको छ । तीन वर्षदेखि चलिरहेको गृहयुद्धको अनुगमन गर्दै आएको ‘सुडान डाक्टर्स नेटवर्क’ का अनुसार आक्रमणका क्रममा क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्रमा क्षति ...