बैतडी – प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरिएको हो । बैतडीको झन्डै ३१ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अत्यावश्यक अवस्थामा भने द...