अमेरिकामा आएको तीव्र हावा (आँधी) र भारी हिमपातका कारण लाखौँ मानिसहरू प्रभावित भएका छन् । भारी हावा र हिमपातले हजारौं उडानहरू बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार र मंगलबारको बीचमा ११ हजार ५५ भन्दा बढी उडानहरू रद्द गरिएको समाचारमा उल्लेख छ । सोमबार मात्र, लगभग ५ हजार ६०० देखि ५ हजार ७०० उडानहरू रद्द गरिएको थियो, जुन देशभरका सबै उडानहरूको लगभग २० प्रतिशत हो । राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउँ परेको थियो । हिमपातका कारण,...