आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाण्डौ – लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ । सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो मंगलबार सुनको भाउ बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ थियो । चाँदीको भाउ हिजो पनि तोलामा एक सय ७० रुपैयाँले बढेको थियो ।