नेपाल र हङकङले अर्को महिना दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डौ – नेपाल र हङकङबीच अर्को महिना मैत्रीपूर्ण फुटबल हुने भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मैत्रीपूर्ण खेल आउँदो चैत १२ गते (मार्च २६ तारिख) काठमाण्डौको दशरथ रंगशालामा हुनेछ ।