चितवन – चितवनमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । चिसो कम हुन थालेसँगै रोगको सङ्क्रमण देखिन थालेको हो । इच्छाकामना गाउँपालिकाको एक व्यवसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका पशु चिकित्सक डा. सविता ज्ञवालीका अनुसार सङ्क्रमणबाट इच्छाकामनामा पालिएका ७० वटा तथा भरतपुरमा चार वटा बङ्गुर मरेका छन् । बङ्गुर मर्न थालेपछि किसान चिन्तामा परेका छन् । ‘अफ्रिकन स्वाइन फिभर’ ...