गोयलापानी समाज भारतको प्रथम अधिवेशन तथा होरी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आइतबार मुम्बईको मटुङ्गास्थित तेन्दुलकर हलमा कार्यक्रम सम्पन्न भएको हो । तदर्थ समितिका अध्यक्ष महेशराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रूपमा गोयलापानी समाजका केन्द्रीय अध्यक्ष, गायक तथा लेखक प्राज्ञ यज्ञराज उपाध्यायको उपस्थिति थियो भने विशेष अतिथिका रूपमा समाजका केन्द्रीय महासचिव राहुल रेग्मी सहभागी थिए । अधिवेशनले महेशराज रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा भरतलाल सिंह र भर...